शुक्रबार, वैशाख १४, २०८१

दुईदिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० वक्ता

नेपालखोज २०७९ असार ३ गते १५:१८

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा भोलि र पर्सि (असार ४ र ५ गते) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल कार्यक्रम हुँदै छ ।

द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढी वक्ता तथा सबै सरोकारवालासहित आठ सय सहभागी हुँदै छन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहस गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपालसम्वन्धी विभिन्न पाँच थिममा १० बढी सेसन सञ्चालन हुनेछन् ।

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जीएम डा. पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्टलगायतको की–नोट प्रस्तुति छ । यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुष्ठ अर्याल, आईसीटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको की–नोट प्रस्तुति छ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । कार्यक्रमको विशिष्ट अतिथि र वक्ताका रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनेछन् ।

कन्क्लेभका सेसनहरूमा पहिलो दिन की–नोट प्रस्तुति र उद्घाटनपश्चात डिजिटल इन्फास्ट्रक्चर एन्ड कनेक्टिभिटीको सेसन छ । यसैगरी दोस्रो सेसनका रूपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एन्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन छ ।

पहिलो दिनको तेस्रो सेसनका रूपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एन्ड इन्भेस्टमेन्ट अपर्चुनिटी सेसन छ ।

दोस्रो दिन किनोट प्रस्तुतिसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेसन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटीसम्बन्धी सेसनहरू छन् । त्यसैगरी सोही दिन डिजिटल फिनोभेसन एन्ड बियोन्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रूपान्तरणका लागि अबको बाटोसम्बन्धी महत्त्वपूर्ण सेसनहरू छन् । कन्फ्रेन्स सेसनहरूसँगै डिजिटल नेपालसम्बन्धी केही प्रदर्शनी स्टलहरू प्नि रहनेछन् भने ह्वावेले सोही समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा फाइभजीलगायत नयाँ प्रविधिहरू प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेन्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा बृहत् छलफल तथा अन्तर्क्रिया हुने आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्द्रित सम्भवतः यो पहिलो बृहत् कार्यक्रम रहेको उनले बताए । आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरूसँग प्रदेशमा भइरहेको डिजिटल रूपान्तरणका अभ्यास र प्रयासहरूबारे बहस सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल वस्तुस्थितिसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ ।

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरू, डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत ८ महत्त्वपूर्ण क्षेत्रका सरोकारवालाहरू, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरूसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ । त्यस्तै कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग रहेको छ । कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रुपमा द एसिया फाउन्डेसन रहेको छ ।

यसैगरी बैंकिङ पार्टनरमा एनआईसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेश स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड, रारा ल्याब्स, फ्रस्ट एन्ड सुलेभियन, सीआरआई नेपाललगायतका संस्थाहरूको सहकार्य छ ।

प्रतिक्रिया