बुधबार काठमाडौं उपत्यकामा थप ३ सयभन्दा बढीमा देखियो कोरोना
नेपालखोज
२०७७ भदौ १० गते १६:३४
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्य काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
देशभरका ४० बटा प्रयोगशालामा १३ हजार २ सय ५३ जनामा गरिएको परीक्षणमा ८ सय ८५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया