नेपाल टी-ट्वान्टी वरीयतामा यथावत रहन सफल
नेपालखोज
२०७७ भदौ ११ गते ६:५८
एजेन्सी । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ ।
यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् ।
नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया