महाराजगञ्ज वृत्तमा कार्यरत २२ जना प्रहरीलाई कोरोना संक्रमण
नेपालखोज
२०७७ भदौ ११ गते ११:४८
काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या २२ पुगेको छ । योभन्दा अगाडी हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।
संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्रेर थुनामा राखिएको थियो ।
नेपाल प्रहरीको भोटाहिटीस्थित साईबर ब्यूरोमा पनि इन्सपेक्टर सहित दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । ब्युरोका संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया