शुक्रबार, चैत १६, २०८०

समृद्ध प्रदेश निर्माणका लागि मुख्यमन्त्रीको आह्वान

नेपालखोज २०७८ असोज ३ गते १२:४१

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले समृद्ध प्रदेश निर्माणका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् ।

संविधान तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा शुभकामना दिदै मुख्यमन्त्री आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न आह्वान गरे ।

प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उनको भनाई छ । शुभकामना सन्देशमा उनले कोभिड–१९ का कारण देश आक्रान्त भए पनि समुन्नत प्रदेश निर्माण गर्न सरकार सबैसँग हातेमालो गरेर अगाडि बढेको बताए ।

प्रतिक्रिया