प्रदेश अस्पतालका चिकित्सकलाई कोरोना देखिएसँगै आकस्मिक बाहेक सबै सेवा बन्द
नेपालखोज
२०७७ भदौ ११ गते १२:०६
काठमाडौं । कर्णाली प्रदेश अस्पतालका ६ जना विशेषज्ञ डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा एक साताका लागि बन्द गरेको अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए ।
केही स्वास्थ्यकर्मीमा गरिएको स्वाब परीक्षण गर्दा प्रदेश अस्पतालका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बुधबार अस्पतालमा कार्यरत ३५ जना डाक्टरसहित स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
उक्त परीक्षणको रिपोर्टमा ६ जना डाक्टर र १ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालले जनाएको छ ।
डा. पौडेलका अनुसार अस्पतालका सबै विभागका ११ जनालाई कोरोना देखिएसँगै एक साताका लागि सेवा बन्द गर्ने निर्णय गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया