आइतबार, माघ १३, २०८१

गलत बिउ रोपेपछि गलत नै फल्छ : कमल थापा

नेपालखोज २०७७ पुष २६ गते १४:०३

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गलत बिउ रोपेपछि गलत नै फल्ने बताएका छन् ।

Advertisement

पोखरामा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा अध्यक्ष थापाले लोकतन्त्रको बिउ रोपेर कसरी तानाशाह जन्मियो भन्दै प्रश्न गरेका छन् ।

‘हिजो लोकतन्त्रका संवाहक भन्नेहरू नै अहिले तानाशाही भएको आरोप लगाएका छन् । म सोध्न चाहन्छु– नेपालमा लोकतन्त्रको बिउबाट सर्वसत्तावाद कसरी जन्म्यो ? अधिनायकवाद कसरी जन्म्यो ? तानाशाह कसरी जन्म्यो ?’ उनले भने– ‘अहिले तानाशाह, प्रतिगमन वा सर्वसत्तावाद भन्नेहरू प्रचण्ड भन्नुस्, माधवकुमार नेपाल भन्नुस् या बाबुराम भट्टराई भन्नुस् लोकतन्त्र र गणतन्त्रका संवाहक यिनीहरु नै होइनन् ? अनि यिनीहरूले रोपेको लोकतन्त्रको बिउबाट कसरी सर्वसत्तावाद जन्म्यो ? गलत बिउ रोपेपछि गलत नै फल्छ । यसको जवाफ उनीहरूले नै दिनुपर्छ ।’

आफूहरू नेपाली कांग्रेस पार्टीका संस्थापक बिपी कोइरालाको समाजवादी सिद्धान्तबाट निर्देशित रहेको बताउँदै थापाले भने–‘बिपी कोइरालाले नेपालको राष्ट्रियता र प्रजातन्त्रका लागि राजा सँगसँगै रहनुपर्छ भन्ने मान्यता बोक्नुभयो । हामीले त्यही सिद्धान्तलाई अंगीकार गरेका छौँ । हेरौँ कति सफल हुन्छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउनु संवैधानिक दृष्टिकोणले उचित भए–नभएकोबारे संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालतले नै निर्णय दिने उनले धारणा राखे ।

प्रतिक्रिया