बिहीबार, चैत ६, २०८१

बिहीबार काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ११ गते १६:२५

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जसमध्य काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभरका ४० बटा प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय  ११ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा ३५ हजार ५ सय २९ जना काेराेना देखिएकाे छ ।

प्रतिक्रिया