शुक्रबार, चैत ७, २०८१

झापा प्रहरी गोली काण्ड : आलमको शव परिवारले बुझेनन्

नेपालखोज २०७७ भदौ ११ गते १९:५०

झापा । झापामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको शव परिवारले बुझेका छैनन् । आलमको शव बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा छ ।

Advertisement

बुधबार राति झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएपछि विवाद सिर्जना भएको थियो । सो क्रममा प्रहरी माथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका सोही ठाउँका ३८ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको थियो । आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्ने , धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्ने लगायतका ११ सूत्रीय माग राखेका हुन् ।

 

प्रतिक्रिया