आइतबार, चैत ९, २०८१

स्नातकोत्तर तहको परीक्षा अनलाइनबाटै लिने तयारी

नेपालखोज २०७७ भदौ ११ गते २०:४३

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइनबाटै लिने भएको छ । दुवै तहका सेमेष्टरको मध्यावधि परीक्षा अनलाइन माध्यमबाटै लिने भएको हो ।

Advertisement

विश्वविद्यालयले भोलीदेखि दुवै तह अन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने निर्णय गरेको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन लागिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया