बेलायतले सात अर्ब सहयोग गर्दै
काठमाडौं । बेलायत सरकारले नेपाललाई ७ अर्ब ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बेलायती विदेश तथा कमनवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा. युवराज खतिवडालाई भिडियो कल गर्दै सहयोगको घोषणा गरेका हुन् ।
छलफलमा अर्थमन्त्री अर्थमन्त्री खतिवडाले नेपाल र बेलायत बीच दुई सय वर्षदेखि घनिष्ठ सम्बन्ध रहेको बताए । उनले नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानी जस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन् ।
बेलायत सरकारले कोभिड पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा खुशी व्यक्त गरे ।
सहयोग प्याकेजको घोषणा गर्दै राज्यमन्त्री अहमद्ले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा सम्बाद र हरित विकास जस्ता विषयमा नेपालसँग थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार ईच्छुक रहेको बताएका छन् ।
प्रतिक्रिया