मंगलबार, चैत ११, २०८१

कोरोना कहर : विश्वमा २ करोड ४६ लाख बढीमा संक्रमण

नेपालखोज २०७७ भदौ १२ गते ७:४५

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वका धेरै देश प्रभावित भएका छन् । हालसम्म विश्वका ८ लाख ३५ हजार बढीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने विश्वमा विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघिसकेको छ ।

Advertisement

त्यसमा १ करोड ७० लाख बढी उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । त्यहाँ शुक्रबार बिहानसम्म १ लाख ८४ हजार बढीले ज्यान गुमाइसकेका छन भने ६० लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै छिमेकी देश भारत पनि कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित भएको छ । त्यहाँ ६१ हजार बढीको मृत्यु भएको छ । ३३ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ । भारमका बिहीबार एकै दिनमा ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। बिहीबार ७६ हजार ८ सय २६ संक्रमित थपिएका हुन्। एकै दिन धेरै संक्रमित थपिएको यो अर्को रेकर्ड हो। बुधबारमात्रै त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका थिए।

बिहीबार महाराष्ट्रमा १४ हजार ५ सय ५७ थपिएका छन्। यहाँ कूल संक्रमितको संख्या ७ लाख ३३ हजार ५ सय ६८ पुगेको छ। उत्तर प्रदेशमा ५ हजार ३ सय ९१ संक्रमित थपिएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३४ पुगेको छ भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया