शुक्रबार, चैत ७, २०८१

कोरोनाका नाउँमा गरिबमाथि खेती

नेपालखोज २०७७ भदौ १२ गते ११:०७

नेपालमा आर्थिक हिनामिना, भ्रष्टाचार, लुकी–लुकी धन कमाउने, नीतिगत भ्रष्टाचार, दौलत थुपार्ने, कालो धन राजनैतिक सहमति र संस्कार हो । जबसम्म यो रहन्छ तबसम्म यो देशमा यस्तै अस्थिरता रहन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको तरंग यहाँ छैन । यहाँ त केवल धन सम्पत्ति कमाउनु नै प्रमुख उद्देश्य रहेको छ । अत्यावश्यक वस्तुको मूल्यमा कमिसन, स्वास्थ्य सामग्रीमा कमिसन, क्वारेन्टाइन र आइसोलेसनको नाउँमा कमिसन, संसारका धनी देशहरु औषधि उपचार कसरी सुलभ र सबैलाई सुविधा कसरी हुन्छ भनेर लागिपरेका छन् ।

Advertisement

हामीकहाँ नीतिगत भ्रष्टाचार गरेर कालो धन कमाउने होडबाजीमा स्थानीय तह प्रदेश सरकार र संघ, व्यापारी, कर्मचारी राजनीतिक दल भरपुर रुपमा लागिपरेका छन् । जनताले ज्वरोको दबाई देख्न नपाई खान नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । कोरोना रोकथामका लागि भन्दै हरेक घन्टा रकम निकासा हुने गरेको छ । खोई राहत ? हुनेलाई केही छैन, नहुँनेलाई भरे के खाउँ को डर, अनि कोरोना पनि उसैलाई, डर यस्तो अवस्था ल्याउन राज्यनै तल्लिन छ । गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिने कस्ले, न जमीन छ, न छाक टार्न सजिलो छ, केबल थाप्लो खाली छ । बाँकी रहेको अनि राज्य नै त्यही माथि खेति गर्दैछ । विश्व स्वास्थ्य संगठनलाई कोरोनाको मूत्युदर धमाधम देखाएर ब्रम्हलुट गर्न खोजिरहेका छन् । न यहाँ विपक्षी दलहरु गतिला छन्, न राज्यसंयन्त्र, न कर्मचारी, न सत्ता पक्ष सबै मिलीभगत कोरोनाको नाउँमा दोहन छ यहाँ । स्थानीय तहदेखि सबै तह धन लप्काउन अस्त्र नै प्रयोग गरिरहेका छन् ।

वास्तविक सोझा सिधा जनताले के बुझ्नु ? युवापुस्ताले विदेशमा मजदुरी गरेर आएको करले राज्य चलेको देशमा कोरोनाको भन्दा पनि भ्रष्टाचार आइसोलेस र क्वारेन्टाइनको नाउँमा कमिसन खानेको डर छ । निगरानी गर्ने कसले त्यही ठाउँमा आफ्नो मान्छे निर्णय गर्नेमा छन्, केको डर ? आफन्त नै हुन्, जति सकिन्छ खाउँ मिलेर, मौका यही हो चौका प्रहार गर्ने ।

अव व्यापारीवर्गको पनि अर्कै धुन छ, कोही औषधिको नाउँमा कमिसन खाने कोही कुहिएको सामान भाउ बढाएर जनतालाई ठग्ने । यो ठगहरूको देश त नभनौं, तिनीहरूको विर्ता त होइन, विचौलियाको कब्जामा रहेको राज्यसत्ता भन्दा फरक नपर्ला ।

पिसीआर पोजेटिभ के–के मा आउँछ, अध्ययन गर्ने हो भने सबै संयन्त्र फेल हुन्छ । स्वास्थ्यकर्मीको केही दोस छैन, रिपोर्टले जे देखाउँछ त्यही दिने हो । यहाँ त रिपोर्ट दिने रिपोर्टरको डर छ, कतै पोजेटिभले त मरिने होइन ? नेपालको परीक्षण र परिस्थिति बेग्लै छ विश्व स्वास्थ्य संगठनले बुझ्न जरुरी छ, नेपालमा गरिबीमाथि सँधै भ्रष्टाचार हुने गरेका प्रमाणहरू धेरै छन् त्यसमाथि अध्ययन गर्न जरुरी छ ।

होइन पोजेटिभ रिपोर्ट बढाएर, गरिबको थाप्लोमा मकै भटमास उमारेर रकम कुम्ल्याएर बस्नु छ भने यो देशको भलो कहिलै पनि हुँदैन र नेपाली जनता पुरानै व्यवस्थामा फर्कने अवस्था सृर्जना हुन्छ ।

बाँच्न पाउने अधिकार आम नागरिकलाई छ, राज्यले चुक्न दिनु हुँदैन र संस्कार हामीलाई चाहिएको छ । राजनीतिमा हुने नीतिगत भ्रष्टाचार होइन । विचौलियाको नाउँमा हुने भ्रष्टाचार पनि होइन, सभ्यता भएको संस्कारसहितको सरकार चाहिएको छ ।

प्रतिक्रिया