उपप्रधानमन्त्री र गृहमन्त्री पनि ‘होम आइसोलेसन’मा

नेपालखोज २०७७ भदौ १२ गते १७:५०

काठमाडौं । सीसीएमसी कार्यालयमा काम गन एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) बैठकमा काम गर्ने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा बसेका हुन् । उपप्रधान तथा रक्षामन्त्री पोखरेलको निजी सचिवालय स्रोतका अनुसार पोखरेल निवासमै आइसोलेसनमा बसेका छन् । ‘एक साताअघि बसेको सीसीएमसी बैठकमा भित्रबाहिर गर्ने कर्मचारीको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँ होम आइसोलेसनमा हुनुहुन्छ’, सचिवालय स्रोतले भन्यो ।

यता गृहमन्त्री बादल भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निवासमै बसेको उनको निजी सचिवालयले जनाएको छ । ‘सीसीएमसी सचिवालयका कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि गृहमन्त्री निवासमै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बस्नु भएको छ’, गृहमन्त्री सचिवालय स्रोतले भन्यो, ‘उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नु भएपनि जोखिमको न्युन सम्भावना देखिएको आकलन गरिएको छ ।’

प्रतिक्रिया