कोरोना : नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १२ जनाको मृत्यु
काठमाडौं । कोभिड-१९ का कारण पछिल्लो २४ घन्टायता नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
प्रवक्ता डा। गौतमले ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताएका छन्। ज्यान गुमाउने महिलाहरूमा मोरङका ५६, ६५ वर्षीया रहेका छन्।
त्यस्तै भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया महिलाले पनि ज्यान गुमाएकी छन्। ज्यान गुमाउने पुरुषहरूमा ८ जना रहेका छन्। जसमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय रहेका छन्।
त्यस्तै पछिल्लो २४ घन्टायता ज्यान गुमाउनेहरूमा कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन्। गौतमका अनुसार शुक्रबारसम्म देशभर ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ। उनका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या औसत जम्मा ०।५३ प्रतिशत रहेको छ।

प्रतिक्रिया