मंगलबार, असार १७, २०८२

उपत्यकामा कोरोना संक्रमण भयाभह बन्दै : एकैदिन थपिए ४१५ संक्रमित

नेपालखोज २०७७ भदौ १२ गते १९:३७

काठमाडौं । कोरोना भाइरस (कोभिड (१९) संक्रमण काठमाडौं उपत्यकामा भयाभह बन्न थालेको छ । लकडाउनको समयमा धेरै मानिस गाउँघर तिर गएपनि लकडाउन खुला भएसँगै विभिन्न उपत्यका फर्किए पछि उपत्यमा त्यसको संक्रममण बढेको हो ।

पनि देशका अन्य भागमा संक्रमित ओरालो लागिरहेका बेला काठमाडौं उपत्यकामा भने कोरोना संक्रमण फैलिने क्रम तीव्र गतिमा उकालो लागेको छ। हाल उपत्यकाममा दैनिक संक्रमितको संख्या वृद्धि भइरहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४१५ जना नयाँ संक्रमित थपिएका छन्।

जसमा काठमाडौं जिल्लामा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।

प्रतिक्रिया