कोरोना संक्रमितको उपचारका लागि देशभर ६ हजार बढी बेड थपियो
नेपालखोज
२०७७ भदौ १२ गते १९:४९
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ सय २ बेड थपेको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको हो ।
६ सय ४९ वटा पालिकाहरूमा पाँच वटाको दरले संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएको बताइएको छ । पछिल्लो समय संक्रमित संख्या बढेपछि सरकारले संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्थापन गरिरहेको छ ।
आजैमात्र उपत्यकाका दुई अस्पतालसहित वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई पनि मन्त्रालयले कोभिड अस्पताल तोकेको छ । काठामाडौंका जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पताल तोकिएको हो ।
सम्बन्धित
प्रतिक्रिया