मंगलबार, चैत ११, २०८१

जापानी प्रधानमन्त्रीले दिए राजीनामा

नेपालखोज २०७७ भदौ १२ गते २१:०२

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् ।

Advertisement

यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो । उनी आन्द्रा सुन्निने रागबाट लामो समयदेखि पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।

सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए । सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् ।

उनको पदावधि २०२१ सम्म थियो । यसअघि सन् २००७ मा पनि उनले स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोडेका थिए । यसैबीच जापानको सत्तारुढ पार्टीले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरेको विविसीले जनाएको छ ।

प्रतिक्रिया