मंगलबार, वैशाख ३०, २०८२

नेपालका ५४ लाख बालबालिका दूरशिक्षाबाट वञ्चित

नेपालखोज २०७७ भदौ १३ गते ७:०२

काठमाडौं । नेपालका करिब ५४ लाख बालबालिका दूरशिक्षाबाट वञ्चित रहेका छन् । युनिसेफले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट वञ्चित रहेका छन् ।

युनिसेफले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका तथा परिवारबारे गरिएको अध्ययनमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको हो । अहिले स्कुल जाने १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको युनिसेफले जनाएको छ ।

त्यसमध्ये पनि ८० प्रतिशतले मात्रै दूरशिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ लागि उपयोग गरिरहेका छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् ।

प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८)मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत करिब ५६ लाख विद्यार्थी छन् ।

प्रतिक्रिया