बिहीबार, वैशाख १३, २०८१

कोरोनाका कारण विश्वभर ज्यान जानेको संख्या २४६२ पुग्यो, ७८ हजार बढी संक्रमित

नेपालखोज २०७६ फागुन ११ गते ८:१३

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास अझै कम हुन सकेको छ । पछिल्लो एक रिपोर्ट अनुसार कोरोना भाइरसका कारण विश्वभर २४६२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७८ हजार नाघेको छ ।

त्यस्तै झण्डै २३ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । चीनले संक्रमितहरुको उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ भने हस्पिटल निर्माण कार्यलाई पनि उत्तिकै तिब्रता दिएको छ ।

तर, कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न कठिन भएको बताइएको छ । कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा अझै पनि पुष्टि नभएको यसमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया