कोरोना संक्रमणबाट पाल्पा र वीरगंजमा थप दुई जनाको मृत्यु
नेपालखोज
२०७७ भदौ १३ गते ८:२३
पाल्पा । पाल्पा र वीरगंजमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत पाल्पाको तानसेन नगरपालिका–८ पोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि हिजो बिहानदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा बेलुका साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।
त्यस्तै,कोरोना संक्रमणबाट वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धाको मृत्यु भएको हो । अचानक श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा गएराति मृत्युु भएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए ।
सम्बन्धित
प्रतिक्रिया