रेल्वे विभागको ठेक्कामा कुनै मिलेमतो छैन : निर्माण व्यवसायी महासंघ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ ।
ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ ।
सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको उल्लेख गर्दै यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहने प्रष्ट पारिएको छ ।
सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाको लागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा नै रहने स्पष्ट हुँदाहुँदै महासङ्घलाई बोलपत्र प्रकरणमा मुछ्नुको कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालले बताए ।
प्रतिक्रिया