सोमबार, चैत ३, २०८१

नारायणी अस्पतालमा प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ १३ गते ११:४९

बारा । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाकाअनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमित मध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक÷एक जना काठमाडौं र रौतहटका बासिन्दा रहेका छन् । कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको एक निजी अस्पतलामा कार्यरत थप एक चिकित्सकमा समेत कोरोना देखिएको छ । पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ ।

कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् । वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएका छन् ।

प्रतिक्रिया