प्रस्तावित राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु
नेपालखोज
२०७७ भदौ १३ गते १८:३७
काठमाडौं । तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाई समितिले सरकारद्वारा तीन देशका लागि प्रस्तावित राजदूतविरुद्ध सार्वजिनक उजुरी आह्वान गरेको हो ।
संसदीय सुनुवाई समिति सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरिएको बताए ।
भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का लाई राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया