एयर अरेबियाले उद्धार उडानमा लापरबाही गरेको आरोप, छानविन गर्न समिति गठन
नेपालखोज
२०७७ भदौ १३ गते १९:५१
काठमाडौं । एयर अरेबियाले उद्धार उडानका क्रममा लापरबाही गरेको आरोप लागेपछि छानबिन समिति गठन भएको छ ।
संस्कृति, पयएटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
एयर अरेबियाले २५ अगस्टमा उद्धार साजाहदेखि काठमाडौंसम्म उद्धार उडान गरेको थियो । उक्त उडानबाट नेपाल आएपछि होटल क्वारेन्टिनका सम्बन्धमा एयरलाईन्सले लापरबाहीका कारण यात्रु समस्यामा परेको भन्दै उजुरी परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया