शुक्रबार, वैशाख १२, २०८२

सुरेश रैनाले आईपीएलका सबै खेल गुमाउने

नेपालखोज २०७७ भदौ १३ गते २०:४७

एजेन्सी । चेन्नाई सुपर किङ्सका सुरेश रैनाले युएईमा हुन लागेको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल गुमाउने भएका छन् ।

आईपीएल खेल्न युएई पुगेका उनी व्यक्तिगत कारण देखाउँदै स्वदेश फिर्ता हुने भएपछि सबै खेल गुमाउने भएका हुन् । रैना यस सिजनमा उपलब्ध नहुने जानकारी आज चेन्नाईले ट्वीटर मार्फत् जानकारी दिएको छ ।

रैनाले हालै महेन्द्रसिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले चेन्नाईबाट सबभन्दा बढी रन बनाएका छन् । उनले आईपीएलमा ५,३६८ रन बनाएका छन् । आईपीएलको यस सिजनाको खेल सेप्टेम्बर १९ देखि नाभेम्बर १० सम्म हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया