आइतबार, चैत ९, २०८१

पार्टी र सरकार सञ्चालनमा कुनै समस्या छैन : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ भदौ १३ गते २२:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन् ।

Advertisement

संचारकर्मिसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि सञ्चालन गर्ने र आफूले सरकार चलाउने बताएका छन् ।

पार्टीले सरकारलाई नीतिगत निर्देशन दिन सक्ने तर, सरकार नै सञ्चालन गर्न नसक्ने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्ड र आफूबीच केही समय सामान्य मनमुटाव बाहेक कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीले बताए ।

महाधिवेशनबाट नयाँ नेतृत्व आउने भन्दै सहमतिका आधारमा अगाडि बढ्यो भने कुनै पनि प्रतिस्पर्धी नहुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग आफ्नो तर्फबाट कुनै चिसोपन नरहेको समेत स्पष्ट पारे । नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे सुझावले केही सहज भएको उनको भनाइ छ ।

प्रतिक्रिया