शुक्रबार, असार २०, २०८२

शनिबार थप दुई सय ६० जना नेपालीको उद्धार

नेपालखोज २०७७ भदौ १४ गते ६:५४

काठमाडौं । विदेशमा अलपत्र दुई सय ६० जना नेपाली शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार शुक्रबार सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको थियो ।

त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट एक सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजो आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

आजका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ । भुटानको ड्रक एअरले बिहान पारोबाट काठमाण्डौ चार्टर्ड उडान गर्दैछ । नेपाल एअरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एअरलाइन्सले अबुधाबी र श्रीएअरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ ।

प्रतिक्रिया