सिपिएलमा जमैकाको तेस्रो जित, सन्दीपको उत्कृष्ट प्रदर्शन जारी
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह विजयी भएको छ । गएराती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटस लाई ३७ रनले पराजित गरेको हो ।
जमैकाले दिएको १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रन बनाएर अल आउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो । सेन्ट किट्सका लागि एविन लुइस र किरन पावेलले २१–२१ रन बनाए भने निक केलीले १६ तथा दिनेस रामदीनले १३ रन र इमरान खानले १० बनाएका थिए ।
जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिएका छन भने सन्दीप लामिछाने, फिडेल एड् वार्ड्स र वीरासामी पेर माउलले २–२ विकेट लिए । त्यस्तै मुजीबउर रहमानले एक विकेट लिएका थिए । नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए ।
सन्दीपले एवीन लुइस र इस सोढीलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ६ खेलमा ९ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाउदै १४७ रन बनाएको थियो । योसँगै जमैकाले ६ खेलमा तेस्रो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । त्यस्तै सेन्ट किट्सको भने यस सिजनमा यो छैठौ खेलमा पाँचौ हार हो । अब जमैकाको अर्को खेल मंगलवार बिहान ट्रीबागो नाइट राइडर्स विरुद्ध हुने छ ।
प्रतिक्रिया