अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर
नेपालखोज
२०७७ भदौ १४ गते १५:४३
काठमाडौं । गत आर्थिक वर्ष मुलुकको अन्तर्राष्ट्रिय ब्यापार ९ वर्षयताकै कमजोर देखिएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार विश्व आर्थिक मन्दीले सताएको वर्ष २०६७÷६८ पछि अन्तर्राष्ट्रिय ब्यापार पहिलोपटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३५ प्रतिशतभन्दा तल झरेको हो ।
गत वर्ष कुल अन्तर्राष्ट्रिय ब्यापार जीडीपीको ३४.४ प्रतिशतमा झरेको छ । यो २०५० सालपछि तेस्रो न्यूनतम विन्दु हो । अघिल्लो वर्ष अन्तर्राष्ट्रिय ब्यापार ४३.८ प्रतिशतको कीर्तिमानी उचाइमा पुगेको थियो ।
आयातमुखी नेपाली अर्थतन्त्रमा व्यापारले धेरै ठूलो हिस्सेदारी प्राप्त गरेको छ। जीडीपीमा करिब साढे १२ प्रतिशत योगदान थोक तथा खुद्रा व्यापारले गरेको छ। त्यसबाहेक निकै ठूलो रोजगारी सिर्जना गर्नेदेखि सरकारी ढुकुटीमा राजस्व जम्मा गर्नमा व्यापार क्षेत्रको निकै ठूलो भूमिका छ ।
सम्बन्धित
प्रतिक्रिया