बिहीबार, असार ५, २०८२

कोरोना : यसवर्षको जाडोमा मात्रै ८५ हजारको मृत्यु हुनसक्ने अनुमान

नेपालखोज २०७७ भदौ १४ गते १५:५०

एजेन्सी । बेलायत सरकारले कोरोना भाइरसका कारण यसवर्षको जाडोमा मात्रै ८५ हजारको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।

हालै लिक भएको सरकारको अनुसन्धानमा कोरोनाका कारण यसवर्षको जाडो याममा ८५ हजारको मृत्यु हुनसक्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ । बीबीसीले फेला पारेको यस अनुसन्धानमा समेटिएका विषय भविष्यवानी नभएर परिदृश्य भएको पनि जनाइएको छ ।

सेज साइन्टिफिक एड्भाइजरी ग्रुपले तयार पारेको यस सरकारी प्रतिवेदनले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अन्य योजना संस्थालाई जाडोका लागि स्वास्थ्य योजना र रणनीति बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया