सोमबार, जेठ ७, २०८१

साईबर सुरक्षा नियमावली तत्काल पालना गर्न दूरसञ्चार प्राधिकरणकाे निर्देशन (साईबर सुरक्षा नियमावली, २०७७ सहित)

नेपालखोज २०७७ भदौ १४ गते १७:३७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साईबर सुरक्षा नियमावली, २०७७ लागु गरेको छ । प्राधिकरणले संचार प्रविधिका पूर्वाधारलगायत सूचना प्रणालीलाई विभिन्न प्रकारका साइबर आक्रमणबाट जोगाउन साईबर सुरक्षा नियमावली २०७७ लागु गरेको जनाएको छ ।

आइतबार नेपाल दूरसंचार प्राधिकरणले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड तथा अभ्यास अनुसार साइबर सुरक्षाका विविध मापदण्डहरु अपनाएर सूचना तथा संचार प्रविधिका पूर्वाधारलगायत सूचना प्रणालीहरुलाई विभिन्न प्रकारका साइबर हमला तथा जोखिमहरुबाट जोगाउन अपरिहार्य भइसकेको जनाएको छ ।

सूचनामा साईबर सुरक्षाका मापदण्डहरु अपनाउनुपर्ने विषयमा नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण भइसकेकोले यसै परिप्रेक्ष्यमा दूरसंचार ऐन, २०५३ को दफा ६२ ले दिएको अधिकार प्रयोग गरी नेपाल दूरसंचार प्राधिकरणले ‘साइबर सुरक्षा नियमावली, २०७७’ स्वीकृत गरी तत्काल लागु गरेको जनाएको छ ।

साथै, प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणबाट अनुमतिप्राप्त आधारभूत दूरसंचार/टेलिफोन, मोबाइल, नेटवर्क, इन्टरनेट सेवा प्रदायकलाई साइबर सुरक्षा नियमावली, २०७७ को पालना गरी सेवा सञ्चालन गर्न/गराउन समेत निर्देशन दिएको छ ।

साईबर सुरक्षा नियमावली, २०७७ हेर्न यहाँ क्लीक गर्नुहाेला

प्रतिक्रिया