आज थप १२ सय २१ मा कोरोना संक्रमित पुष्टि, २ सय ६७ निको भए
काठमडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २ सय १७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ८ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमकाअनुसार अहिले देशभरि १७ हजार ५ सय १८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १० हजार ६ सय १२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६ हजार ९ सय जना घरमै रहेका छन् ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् । विगत २४ घण्टाको अवधिमा १२ हजार ७ सय १७ वटा नमुनाको परीक्षण गरिएको थियो । देशभरि क्वारन्टीनमा ७ हजार ७ सय ९७ जना रहेका छन् ।
प्रतिक्रिया