कालिकोटमा फेरि पहिरो : एकै परिवारको ४ जनाको मृत्यु
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा पहिरोले पुरेर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
आज आएको पहिरोमा परेर शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनको ५ वर्षीय छोरा निराजन, ७ वर्षीया छोरी हिमा र दुई महिनाका छोरा अकल शाहीको मृत्यु भएको छ ।
पहिरोले ५ घर पुरेको र घटनास्थलबाट २ जनालाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामबावु ओलियाले जानकारी दिए ।
घटनास्थलबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको छ ।
उनीहरुलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ ।जिल्ला प्रहरी कार्यालय कालिकोट र विपद् व्यवस्थापन कार्यालय जुम्लाबाट खटिएका ३२ जना उद्धारकर्मी घट्नास्थलमा उद्धारका लागि खटिएका छन् ।
प्रतिक्रिया