सोमबार, जेठ ७, २०८१

कोभिडपश्चात् एसिया प्यासिफिकमा प्राविधिक सिप अभाव न्यूनीकरणमा हुवावे

नेपालखोज २०७७ भदौ १४ गते १९:०३

काठमाडौं । हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले कसरी कम्पनीले प्रविधि र क्षेत्रीय साझेदारीको आधारमा प्राविधिक सिपको अभावलाई घटाउन सकिन्छ भन्ने किसिमको धारणा व्यक्त गरेका छन् ।

हामी बौद्घिक युगमा प्रवेश गरेको मात्र नभई हामी यसै भित्र बाँचिरहेका छौं । हाम्रो विश्व डिजिटल युगमा प्रवेश गरिसकेको छ । मानिसहरु मेसिनहरु सँग जोडिएका छन् । बिग डाटा र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन पद्घतिलाई सहज, उत्तरदायी र स्वायत्त बनाएको छ ।

फाईभजी, आइओटी र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिहरूको कारण यो सम्भव भएको हो । तर, यसले गर्दा हामीलाई २०३० सम्ममा ४७ लाख दक्ष प्राविधिकहरुको अभाव हुने कुरा, कोर्न फेरीको अध्ययन बाट पत्ता लागेको छ । पिडब्लुसीको २०औं सिईओ सर्भेअनुसार ५० प्रतिशत भन्दा बढी एसिया प्यासिफिकका सिईओहरुले दक्ष प्राविधिकहरु पाउन कठीन हुने धारणा व्यक्त गरेका छन् ।

यस प्रतिभा अभावको सामना गर्न र कोभिड–१९ बाट हालको शिक्षा चुनौतीहरूको सामना गर्न हुवावेले यस क्षेत्रभरी दूरशिक्षा लाई सहज बनाउन र प्राविधिक सीप वृद्धि गर्न धेरै पहलकदमी भूमिका निर्वाह गर्दै आएको छ ।

क्लाउडको माध्यमबाट सिक्दै
हुवावेले विद्यार्थीवर्ग र प्रोफेसनलहरुको लागि कनेक्टिभिटी र ई–शिक्षा प्रदान गर्न मद्दत गरिरहेको छ । हामीले बंगलादेशमा बिजोए डिजिटल र युनेस्कोसँग डिजिटल समाधान प्रदान गर्न र दूर शिक्षाको लागि सहज बनाउन साझेदारी गरेका छौं । साथै, हुवावे क्लाउड र यू लर्निङले अनलाइन शिक्षा प्रणाली व्यवस्थापन गर्नको लागि इन्डोनेशियामा पनि साझेदारी गरेको छ ।

हुवावे क्लाउडले शिक्षा सँगसँगै एआई हेल्थ केयर र क्लाउडमा उद्यम गरि तिनवटा आभारभूत सेवाहरु सुरुवात गरी विश्वव्यापी रुपमा पैmलिरहेको कोभिड–१९ सँग आफ्ना ग्राहकहरुलाई जुध्नको लागि सहयोगी भूमिका निर्वाह गरेको छ । हामी यस महामारीको समयमा स्कुलहरुले अनलाइन शिक्षा प्रदान गर्न साझदारहरुसँग सक्रिय रुपमा काम गरिरहेका छौं, ता कि शिक्षण र सिकाई गतिविधिहरू निरन्तर जारी रहन सकियोस ।

क्लाउड प्लेटफर्मले दूरशिक्षा प्रणालीमा सहयोग पुर्याउँदछ जहाँ शिक्षक र विद्यार्थी बिच अडियो, भिडियो र च्याट रुमहरु मार्पmत् अन्तरव्रिmया गर्न सकिन्छ । अनलाइन सामाग्रीहरुले पाठ्यक्रम विकासको दक्षता बढाउनुको साथै शिक्षकहरुलाई टाढै रहेर काम गर्न र शैक्षिक सामाग्रीहरु प्रदान गर्न सहयोग पु¥याउँदछ । कम ल्याटेन्सी एचडी–भिओडी प्रयोग गरी विद्यार्थीहरूलाई आफैैं सिक्नको लागि सशक्त पार्नुका साथै, यस प्लेटफर्मले शैक्षिक सामाग्री छिटो वितरण गर्न, अनलाईन परीक्षा लिन र सिकाई प्रगति निगरानी तत्काल गर्न पनि सहयोग पु¥याउँदछ ।

क्षेत्रीय साझेदारी
सिंगापुरमा उद्घाटन भएको अनलाइन हुवावे इकोसिस्टम शिखर सम्मेलन २०२० मा, हुवावेले सिंगापुर कोभिड–१९ आर्थिक सुधारमा प्रवेश गरेपछि, संयुक्त समाधान नवीनतालाई बढावा दिन आफ्ना स्थानीय साझेदारहरूसँग विशेष सहयोगको माग गरेको छ । हामीले उक्त सम्मेलनमा १४० भन्दा बढी अनलाइन कोर्स भएको भर्चुअल एआइ एकेडेमिको पनि घोषणा गरेका छौं । यसले सिंगापुरमा आईटी प्रोफेसनल र एसएमई डिजिटलाइजेसनको प्रशिक्षण र थप सीप उकास्ने गति बढाउनेछ, किनकि सिंगापुर एक डिजिटल भविष्य तिर आफ्नो प्रयास दोब्बर पारेको छ ।

यस्तै किसिमका कार्यक्रमहरु मलेशिया, थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्स जस्ता एसिया प्यासिफिक देशहरुहरुमा स्थापना गरिएको छ, जसले राष्ट्रिय डिजिटल प्रतिभा इकोसिस्टमको वृद्धि गर्न हजारौं आईसीटी कोर्स र सयौं कुशल प्रशिक्षकहरू प्रदान गर्दछ । हुवावे प्रोगाममा उच्चस्तरको डिजाइन हुन्छ जहाँ राम्रोसँग परिभाषित आईसीटी प्रतिभा प्रमाणीकरण मापदण्ड र विश्वव्यापी विश्वविद्यालयहरूको लागि एक हुवावे आईसीटी एकेडेमी सहयोग परियोजना समावेश गरिएको छ । मुख्यतया, हामीले विद्यार्थीहरूका लागि आफ्ना सीपहरू विकास गर्न, यसको लागि मान्यता प्राप्त गर्न र तुरून्त उनीहरूको छनौटको क्षेत्रहरूमा रोजगारीका अवसरहरू सुरक्षित गर्न आईसीटी प्रतियोगिता र रोजगार मेलाहरू आयोजना गर्दै आएका छौं ।

द युनिभर्सिटि अफ मलेशिया, मलेशियाको सबभन्दा पुरानोे र उच्च श्रेणीमा पर्ने विश्वविद्यालय हो । यसले शिक्षण सामग्री सुधार गर्न, विद्यार्थीहरूको ज्ञानलाई सुदृढ पार्न र उनीहरूको सीपलाई सुधार गर्न हुवावेकोे ज्ञान प्रयोग गरेको छ । चौथो हुवावे आईसिटी प्रतियोगिताको ग्लोबल फाइनलमा द युनिभर्सिटि अफ मलेशियाले ३० देशका ६५ युनिभर्सिटीहरुसँग प्रतिस्पर्धा गरी नेटवर्क प्रतियोगितामा पहिलो पुरस्कार जित्न सफल भएको छ ।

“मलेसियामा रहेको द हुवावे आसियन एकेडेमीले आईसिटी विकासको माध्यमबाट डिजिटल आर्थिक वृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यो पहिले भन्दा बढी स्थानीय प्रतिभाहरुको प्रोत्साहन र विकास गरी, यो परिवर्तन भइरहेको भूमण्डलीकरण परिदृश्यमा अनुकूलन गर्न उचित आईसीटी ज्ञानसहित सुसज्जित छन् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक पर्दछ”, मलेसियाका सुचना तथा सन्चार मन्त्री वाइ बि डाटो सईफुदिन अब्दुल्लाहले बताएका छन् ।

सिप विकास
यस वर्ष हुवावेले हुवावे आइसिटी एकेडेमी कार्यक्रम २.० को आधिकारिक घोषणा गरेको छ, जसको उद्देश्य भनेको २० लाख आइसिटी प्रोफेसनल विकास गर्ने र आगामी पाँच वर्षमा विश्वविद्यालयहरूसँग सहकार्य गरेर डिजिटल सीपहरू लोकप्रिय पार्नु हो । हुवावेले हुवावे आईसीटी एकेडेमी विकास प्रोत्साहन कोष (एडीआईएफ) स्थापना गर्नेछ, जसको लागि कम्तिमा ५ करोड अमेरिकन डलरको लगानी आगामी पाँच वर्षमा गर्ने भएको छ ।

जुलाईमा हुवावे इन्डोनेसियाले शिक्षा र संस्कृति मन्त्रालयसँग ई लर्निंग प्लेटफर्म, आईसिटी प्रशिक्षण, प्रतियोगिता, विद्यार्थी इन्टर्नशीप र संयुक्त अनुसन्धानमा विश्वविद्यालयहरूसँग सहकार्य गर्न एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

‘डिजिटल अर्थतन्त्र भनेको देशको आर्थिक वृद्धिलाई असर पार्ने कारक तत्व हो । यो सहकार्य एकदम महत्वपूर्ण छ किनकि यो आईसीटी क्षेत्रमा सक्षम मानव संसाधनको आवश्यकतासँग सम्बन्धित छ’, इन्डोनेशियाको शिक्षा र संस्कृति मन्त्रालय अन्तर्गत उच्च शिक्षा विभागका कार्यवाहक महानिर्देशक प्राध्यापक इर निजामले बताए । “हुवावेको टेक्नोलोजी र विशेषज्ञ सहयोगले विश्वविद्यालयहरूमा डिजिटल रूपान्तरण प्रगतिलाई ठूलो सहयोग पु¥याउनेछ, साथ साथै इन्डोनेसियामा उच्च शिक्षाको विश्वव्यापी प्रतिस्पर्धामा सुधार ल्याउनेछ ।”

हुवावेले सहकारी शिक्षा समर्थन गर्दछ र विश्वव्यापी हुवावे सर्टिफिकेसन प्रशिक्षण प्रदान गर्न सक्ने प्रशिक्षण साझेदारहरु आधिकारिकता प्रदान गर्दछ । हामीले एकेडेमीहरू र प्रशिक्षण साझेदारहरूको स्थापनाको साथ, प्रमाणीकरणको मूल्यलाई बढावा दिन र आईसिटी उद्योगको लागि आवश्यक प्रतिभा विकास गर्न सक्दछौं ।

सर्वप्रथम, हामी हाम्रो उद्योगको ज्ञान प्रयोग गर्दछौं र विकास समाधानहरूमार्फत् हुवावे सर्टिफिकेसन प्रदान गर्दछौं जसले विद्यार्थीहरूलाई नयाँ सीपहरू सिक्न र प्राप्त सहयोग गर्दछ । त्यसपछि हामी हाम्रा ह्वावे आइसिटी प्रतियोगिता र रोजगार मेलाहरू प्रयोग गर्दछौं, जसले विद्यार्थीहरूलाई मान्यता प्राप्त गर्न र हाम्रो ग्राहक वा साझेदारहरू मध्ये कुनै एकमा वा सिधै हुवावेमा बहुमूल्य रोजगारी सुरक्षित गर्न सहयोग पुग्दछ ।

अबको विश्व, उपकरणद्वारा हावी हुनेछ, जसले कनेक्ट, सेन्स गर्दै हाम्रो वरिपरीका वस्तुहरुलाई प्रतिकृया दिईरहेको हुन्छ । हामी आशा गर्दछौं कि हाम्रो शैक्षिक कार्यक्रकहरुले सामाजिक दायित्वप्रति हाम्रो प्रतिबद्धतालाई मात्र पुष्टि नगरी विशेषज्ञहरुको अर्को पुस्ता पनि तयार गर्दछ जसले हालको डिजिटल परिदृश्यलाई डिजाइन र नेभिगेट गर्दछ र हाम्रो भविष्य यसैमा निर्भर गर्दछ ।

जे चेन, हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया