हङकङ र ल्हासामा महावाणिज्यदूत नियुक्त
नेपालखोज
२०७७ भदौ १४ गते २१:५७
काठमाडों । सरकारले हङकङ र ल्हासामामा महावाणिज्यदूत नियुक्त गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हङकङमा उदयबहादुर रानामगर र ल्हासामा नवराज ढकाललाई महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कोरोनाको त्रासबीच आज बसेको मन्त्रिपरिषद्को बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारले यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
तर देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया