बुधबार, जेठ १६, २०८१

आज महादेवको आराधना गर्नुहोस ।। तपाईको राशिफल ।।

नेपालखोज २०७७ भदौ १५ गते ५:००

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमापनि राम्रो सफलता मिल्ला ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउन सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त संग भेटघाट हुनेछ । नयाँ वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक र सेवा भाव बढ्ने योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि छोटो यात्राको सम्भावना पनि छ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मंगल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । बोलीको प्रभाव पनि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया