७२ डीएसपीको विभिन्न ठाउँमा सरुवा
नेपालखोज
२०७७ भदौ १५ गते १३:४६
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आज ७२ जना नायब उपरीक्षक(डीएसपीको सरुवा गरेको छ । केही जिल्लाका प्रमुख फेरिएका छन् । दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित बोहरा, डडेल्धुरामा महेन्द्र नेपाललाई पठाइएको छ ।
यसैगरि अछाममा योगेन्द्रसिंह थापा, डोल्पामा राजु पाण्डे, जुम्लामा माधवप्रसाद काफ्ले, बझाङमा रुपक खड्का, प्युठानमा सुनिल मल्ल र नुवाकोटमा हरिबहादुर ओलीलाई सरुवा गरिएको छ ।
महानगरीय प्रहरी वृत कालिमाटीमा अपिल बोहरा, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, महानगरीय प्रहरी वृत जगातीमा राजेश थापा र महानगरीय प्रहरी वृत दरबारमार्गमा रामेश्वर पौडेललाई पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया