कोरोना कहर : विश्वभर सक्रिय संक्रमितको संख्या ६८ लाख ४५ हजार बढी
एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट विश्वभर ८ लाख ५४ हजार बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वमा २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन् । विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघिसकेको छ । जसमा १ करोड ७९ लाख उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ६८ लाख ४५ हजार बढी छ ।
त्यसको ९९ प्रतिशत अर्थात ६७ लाख ८४ हजार बढीको अवस्था सामान्य रहेको छ भने एक प्रतिशत अर्थात ६१ हजारको अवस्था गम्भीर छ । विश्वमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा हालसम्म १ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ भने त्यहाँ संक्रमितको संख्या ६२ लाख नाघेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट दोस्रो प्रभावित देश ब्राजिलमा १ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ भने त्यहाँ संक्रमितको संख्या ३९ लाख १० हजार नाघेको छ । त्यस्तै तेस्रो प्रभावित देश भारतमा हालसम्म ६५ हजार बढीको मृत्यु भइसकेको छ भने ३६ लाख ८७ हजार बढी संक्रमित रहेका छन् ।

प्रतिक्रिया