चितवनमा हिजो मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा हिजो मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा हिजो दिउँसो मृत्यु भएका तीनजना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको छन् ।
उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूकाआफन्तले अस्पतालमा दिएको जानकारीअनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन । एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसके पछि नमूना संकलनगरिएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनिनपाउँदै बिरामीको मृत्युु भएको बताए ।
प्रतिक्रिया