कतारबाट हिमालय एयरलाइन्सले थप ४ उडान गर्ने
काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन कतारबाट पछिल्लो चरणमा ४ वटा उडान तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको जनाएको छ ।
ती उडानहरुका लागि प्राथमिकता सूचिमा नाम भएका व्यक्तिहरु तथा दूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको प्रमाणपत्र लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईने दूतावासले जनाएको छ ।
नेपाल एयरलाईन्सले गर्ने दोहा–काठमाण्डौ सेक्टरका उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिने दूतावासले जनाएको छ । कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा बढी रहेको छ ।

प्रतिक्रिया