कोरोना : २४ घण्टामा ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु
नेपालखोज
२०७७ भदौ १६ गते १७:१८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटका क्रममा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको जानकारी दिए ।
आज मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितको ० दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया