उपत्यका निषेधाज्ञा : थप गर्ने वा नगर्ने भन्ने विषयमा गृहले निर्णय लिने
काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको समय भोली राति १२ बजेदेखि सकिँदैछ । उपत्यकामा अब निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्ने विषयको निर्णय गृह मन्त्रालयले गर्ने भएको छ ।
उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आवश्यक निर्णय लिन गृह मन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ । तीनवटै प्रशासनले सुझाव सहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका हुन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालकाअनुसार स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् ।
उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ ।
प्रतिक्रिया