कोरोना : रुपन्देही र बाराका दुई जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १७ गते ९:२५

रुपन्देही । रुपन्देही र बाराका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । रुपन्देहीको भैरहवामा स्थित भीम अस्पतालमा उपचाररत् ६५ वर्षीय महिलाको गएराति पौने १० बजे मृत्यु भएको हो ।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो ।

अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । उनको आईसियूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्याबाट समेत पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय पुरुषको आज विहान एक बजेको मृत्यु भएको डा.निरजकुमार सिंहले जानकारी दिए । मृतक पुरुप पुरानो मुटु रोग र उच्च रक्तचापको समस्या रहेको उनले बताए ।

प्रतिक्रिया