बिहीबार, जेठ १०, २०८१

एकाबिहानै मर्स्याङ्दीमा मिनी ट्रक खस्यो

नेपालखोज २०७७ भदौ १७ गते १३:३६

काठमाडौं । बुधबार बिहान पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा मिनी ट्रक खसेको छ ।

तनहुँ आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको छ । “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउनेछ ।” उनले भने ।

प्रतिक्रिया