बिहीबार, माघ ३, २०८१

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालखोज २०७७ माघ १३ गते १६:३१

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (मंगलबार) भेटवार्ता भएको छ ।

Advertisement

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको राजदूत बेरीले बुढानिलकण्ठस्थित देउवा निवास पुगेर देउवासँग भेट गरेका हुन् ।

राजदूत बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रको सबलिकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्‍याएको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनले कार्यभार सम्हाले लगत्तै राजदूत बेरीले नेपालमा नेताहरुसँगको भेटलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया