५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा
नेपालखोज
२०७७ भदौ १७ गते १८:५६
काठमाडौं । सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन् ।
साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ । अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन् । त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन् ।
सबभन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौँमा झन्डै ५ हजार जनाको उपचार जारी छ ।
सम्बन्धित
प्रतिक्रिया