बिहीबार, कार्तिक ६, २०७७

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग : रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत

नेपालखोज २०७६ कार्तिक १९ गते ७:५०

१९ कार्तिक, काठमाडौं । एशियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।

Advertisement

नेपालको खाद्य सुरक्षाका उपायहरूमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवर्द्धन गर्न ५ करोड अमेरिकी डलर (रू. ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए ।

‘कृषिले नेपालको विकास र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउनसक्ने सम्भावना छ, तर यो क्षेत्र निर्वाहमा आधारित छ र खाद्य सुरक्षाका उपायहरूले अन्य मुलुकसँगको कृषि व्यापार सम्भाव्यतामा बाधा पुर्‍याइरहेको छ,’ सोमवार एडीबीले जारी गरेको विज्ञप्तिमा अर्थशास्त्री करणले भनेका छन्, ‘एडीबीको सहयोगले यी क्षेत्रमा रहेका समस्या सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ ।’यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Advertisement

प्रतिक्रिया