नेपाली कांग्रेस : सूचना, संचार तथा प्रचार विभागमा ४८ जना मनोनित

नेपालखोज २०७७ भदौ १८ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गर्नु भएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले एक विज्ञप्ती जारी गर्दै देउवाले विधान बमोजिम विभागमा ४८ जनालाई मनोनयन गरेको जानकारी दिए ।

देउवाले विभागको उपप्रमुखमा डा सुरेश आचार्य र सचिवमा दिनेश थापालाई मनोनित गरेका छन् । पछिल्लोपटक सभापति देउवाले पार्टी अन्तर्गतका विभिन्न विभागहरु विस्तारै गर्दै लिएका छन् ।

महाधिवेशनको तयारी स्वरुप उहाँले विभागमा मनोनयन गर्ने कार्यलाई तिव्रता दिएको बताइएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने देउवाले गरेका मनोनयनको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया