मंगलबार, चैत ४, २०८१

प्रचण्ड, गौतमसँग प्रधानमन्त्रीको परामर्श

नेपालखोज २०७७ भदौ १८ गते ७:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर परामर्श गरेका छन् । बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच साँझ झण्डै दुईघण्टा भेटवार्ता भएको थियो ।

Advertisement

भेटमा प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई राष्ट्रियसभा सदस्य दोहो¥याउनुपर्ने बताएका थिए । तर, प्रचण्ड सकारात्मक बन्न नसेकेको र सचिवालयका अरू नेताको विचार बुझेपछि मात्रै निर्णय लिनुपर्ने बताएका थिए । खतिवडाको विषयमा प्रचण्ड सकारात्मक बन्न नसेकपछि उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएको स्रोतको दाबी छ ।

गौतम साँझ सातबजे बालुवाटार पुगेका थिए । गौतमले केही दिनअगाडि अध्यक्ष ओलीलाई टेलिफोन गरेर फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्न दबाब दिएका थिए ।

तर, प्रधानमन्त्री ओलीले खतिवडालाई राष्ट्रियसभा सदस्य नियुक्त गरेर अर्थमन्त्रीमा निरन्तरता दिनुपर्ने अडान राख्दै आएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सचिवालयको बैठक बसेर आवश्यक निर्णय लिने जानकारी दिए ।

प्रतिक्रिया